Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

काठमाडौं – विवाहमा लेनदेन हुने दाइजोलाई नियन्त्रण गर्ने कडा प्रावधान सहितको कानुन बनाउने तयारी थालिएको छ । दाइजो नियन्त्रण सम्बन्धी कानुन पुरानो भएको र प्रभावकारी समेत नभएकाले व्यवस्थापीका संसदले नयाँ कानुन बनाउन लागेको हो ।

देशका विभिन्न भागमा दाइजोकै कारण हिंसात्मक घटना बढीरहेकाले दाइजोलाई दण्डनीय बनाई नियन्त्रण गर्ने कानुन बनाउन लागिएको हो । ४ दशकअघि बनेको सामाजिक व्यवहार सुधार ऐन भने खारेज हुनेछ । प्रस्तवीत नयाँ विधेयकमा विवाहमा दवाब दिई दाईजो दिन लिन नहुने व्यवस्था गरिएको छ । सामाजिक व्यवहार सुधार गर्न प्रस्तावित नयाँ विधेयकको दफा ४ ले राजीखुशीले दिइने उपहारको पनि सीमा तोकिएको छ । त्यसमा दुलाहा पक्षले दुलहीलाई कपडा तथा बढीमा ४० ग्राम सुन वा त्यस बराबरको प्रचलित मूल्यले हुने रकमको गहना राजीखुशीले दिन सकिने उल्लेख छ । 

त्यसबाहिर गई दबाब वा करकापमा पारी दाइजो लेनदेन गरेमा विगो जफत गरी सोही बमोजिम जरिवाना वा ३ महिनासम्म कैद वा दुवै सजाय हुने व्यवस्था प्रस्ताव गरिएको छ । त्यसैगरी दाइजो वा तिलक लेनदेनसम्बन्धी कुनै सम्झौता भए यही कानुनअनुसार स्वतः बदरभागी हुनेछ । यसअघिको कानुनमा विवाहमा ५१ जना जन्ती जान सक्ने व्यवस्था भए पनि सबैतिरबाट त्यसको उलंघन गरिएको थियो ।

प्रस्तावीत कानुनमा भने जन्ती संख्या बढाएर एक सय ५० पुर्याइएको छ । जन्तीमा सहभागीलाई नगद वा जिन्सी उपहार समेत दिन नमिल्ने भनिएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया