Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – स्थानीय तहको चुनाव गर्ने विषयमा प्रमुख तीन दलका नेताहरू सहमत भए पनि नेताको बोली फेरिन थालेको छ ।

काँग्रेस र मधेसी मोर्चाबीचको छलफलमा स्थानीय तहको नभई स्थानीय निकायकै चुनावमा जानेगरी छलफल केन्द्रित रहेको विषय पनि मोर्चा नेताहरूले प्रधानमन्त्रीसँग उठाएका छन् । त्यसको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पनि संकेत गरेका छन् । उनले मोर्चासँगको बैठकपछि सामाजिक सञ्जालमै लेखे, ‘अघिल्लो दिन एउटा कुरा गरिन्छ, परिस्थितिमा कुनै फेरबदलविना नै अर्को दिन त्यही विषयमा अर्को कुरा गरिन्छ ? यस्तो किन र कसका कारणले गरिन्छ ? के हाम्रो निष्ठा र विवेक यति कमजोर भएको हो ? गम्भीर प्रश्न छ ।’

उनले तीन दिनअगाडि मात्रै प्रमुख तीन दलका नेताबीचमा स्थानीय तहको चुनाव गर्ने भनी गरेको सहमति भत्काउन त्यस्तो खेल सुरु भएको उल्लेख गरेका छन् ।

काँग्रेस र एमालेसँग शीर्ष तहमै छलफल हुने
प्रधानमन्त्रीले आइतबार प्रमुख दल काँग्रेस र एमालेका शीर्ष नेताहरुसँग छलफल गर्ने तयारी गरेका छन् । सभामुखले दलहरूलाई सहमतिका लागि दिएको समयसीमा सकिन लाग्दा प्रधानमन्त्रीले छलफल गर्न लागेका हुन् । ‘प्रमुख तीन दलबीच भोलि (आइतबार) बहुपक्षीय छलफल हुने सम्भावना छ,’ माओवादी केन्द्रका नेता श्रेष्ठले भने ।

तपाईको प्रतिक्रिया