Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – राज्यका लागि महत्वपूर्ण सूचना संकलन गर्न भर्ना भएका राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीहरु हाकिमको घरमा घरेलु कामदारका रुपमा काम गर्ने गरेका छन् ।

सरकारी जनशक्तिको चरम दुरुपयोग गर्दै विभागका हाकिमहरुले गुप्तचरलाई आफ्नो व्यक्तिगत कामदार बनाउँदा संगठन नै कमजोर बन्न पुगेको छ । विभागको प्रमुखबाट अवकाश पाएको आठ वर्ष भइसक्दा पनि देवीराम शर्माले सइ रामनाथ चौधरीलाई घरेलु कामदारका रुपमा राखेका छन् ।

सिपाही देखि नै शर्माको घरमा वसेका चौधरी अहिले सइमा बढुवा भइसकेका छन् । चौधरीजस्तै विभागमा धेरै जना सरकारको तलब खाएकाहरुलाई हाकिमहरुले घरेलु कामदारका रुपमा राखेका छन् । विभागका प्रमुख दिलिप रेग्मी र एआइजीहरुले समेत तल्लो तहका कर्मचारीलाई आफ्नो घरको काममा लगाउने गरेका छन् ।

तपाईको प्रतिक्रिया