Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – ७ अर्ब रुपैयाँ ठगी गरेको आरोपमा जेल सजाय तोकिएका घरजग्गा व्यवसायी सुधीर वस्नेतलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । 

सोमबार भारतबाट काठमाडौं आएर काठमाडौंको धापासीस्थित बाबुको घर गएका वस्नेतलाई फैसला कार्यान्वयन इकाई र महानगरीय प्रहरी वृत्त महाराजगंजको संयुक्त टोलीले पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका निमित्त प्रमुख प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीका अनुसार उनलाई सर्वोच्च अदालतको आदेशअनुसार तोकिएको जेल सजाय भुक्तानका लागि डिल्लीबजार कारागार चलान गरिएको छ ।

तीन वर्षअघि सर्वोच्च अदालतले घरजग्गा व्यवसायी वस्नेतलाई पक्राउ गर्न आदेश दिएको थियो । त्यसपछि फरार रहेका वस्नेतलाई प्रहरीले मोस्ट वान्टेड सूचीमा राखेर खोजी गरिररहेको थियो ।

तपाईको प्रतिक्रिया