Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – नाम्चे बजारका व्यवसायीहरुले चोर पक्राउ गर्न लाखौं खर्च गरेर हेलिकोप्टर चार्टर गरेका छन् ।

नाम्चे बजारमा चोरी गरेर करिब आठ घन्टाको बाटोमा पर्ने दोले पुगेका चोरलाई पक्रन स्थानीयबासीले हेलिकोप्टर भाडामा लिएर प्रहरीलाई चोर लुकेको स्थानमा पुर्‍याएका हुन् । ‘चोरी गरेका ब्यक्ति पहिचान भएपछि हामीले चोर पक्रन प्रहरीलाई हेलिकोप्टरमा राखेर लग्यौं, अन्ततः उनीहरु पक्राउ परे,’ नाम्चेका स्थानीय लामाकाजी शेर्पाले भने । शेर्पाका अनुसार चारीको घटना भनेको गत शुक्रबार रातीको हो ।

चोरले राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय नाम्चेमा चोरीको प्रयास गर्‍यो । ढोका फुटाएर भित्र पसेपछि सुरक्षा गार्डले थाहा पाए । तत्कालै चोर भाग्यो । रातको समयमा बेपत्ता चोर त्यसबेला पत्ता लाग्यो, जब बैंक कर्मचारीले स्थानीयलाई सीसी क्यामेरा फुटेज देखाए ।

चोरीको असफल प्रयास गर्ने सोलुखुम्बु तिङलाका सूर्य मगर रहेछन् । मगरको पहिचान भएपछि उनी कहाँ बस्छन भनी खोजी सुरु भयो । उनी खुम्जुङको दोलेस्थित एक होटलमा काम गर्ने भन्ने जानकारी प्राप्त भयो ।

तपाईको प्रतिक्रिया