Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – दोलखा भिमेश्वरका प्रकाश श्रेष्ठ १० वर्षदेखि प्रहरीको फरार अभियुक्तको सूचीमा थिए । हत्या गरेको अभियोगमा फरार रहेका उनी कतै लुकिरहेका होलान् भन्ने प्रहरीको अनुमान थियो ।

तर, उनी कतै लुकेका थिएनन् साल्ट ट्रेडिङ पोखरा शाखामा खरिदारका रुपमा काम गर्दै आएका थिए । उनलाई आइतबार प्रहरीले पक्राउ गरेपछि मात्रै फरार अभियुक्त सरकारी जागिरमै रहेको खुलेको हो । कास्की प्रहरीको सहयोगमा महानरीय अपराध महाशाखाले उनलाई पक्राउ गरेको हो ।

महाशाखाका एसपी प्रकाशजंग कार्कीका अनुसार ३२ असार २०६३ मा उनले गुल्मी शान्तिपुर धुँवाकोटका वैकुण्ठ रानामगरको हत्या गरेका थिए । उनीसहति ६–७ जना व्यक्ति मिलेर मगरको हत्यार भएको थियो ।

घटनापछि फरार भएका उनीले पोखरा गएर सरकारी जागिर खाएका थिए ।

तपाईको प्रतिक्रिया