Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – पुनर्निर्माण प्राधिकरणका दुई जना सहसचिवको सरुवा भएको छ । यो सरुवासँगै प्राधिकरणमा उच्च तहका कर्मचारी केही समय आउने र सरुवा हुने क्रम बढको छ ।

सामान्य प्रशासन मन्त्रालयले विदेशी समन्वय तथा नीति निर्माण महाशाखा प्रमुख सहसचिव रामप्राद थपलिया र ग्रामीण आवास तथा बस्ती विकास महाशाखाका रामचन्द्र श्रेष्ठको सरुवा भएको हो । ‘पुनर्निर्माण नेतृत्व प्रति असहमति जनाउँदै उनीहरुले प्राधिकरणमा बस्न मानिरहेका थिएनन्,’ मन्त्रालय स्रोतले भन्यो, ‘प्राधिकरणका विज्ञ समूह र नेतृत्व प्रति थप असन्तुष्टि बढेपछि उनीहरुले सरुवा माग गरेका थिए ।’

यसअघि पनि प्राकिरणका दुई सहसचिव छोटो अवधिमात्रै बिताएर सरुवा भएका थिए । प्राधिरणनै तोकिएर सरुवा भएका सहसचिव मधुप्रसाद मरासिनी त हासिर हुनसमेत मानेनन् । प्राधिकरणमा ४ जना सहसचिवको दरबन्दी हो ।

प्राधिकरण गठन लगत्तै २०८ जना कर्मचारकिो दरबन्दी कायम गरिएको थियो । तर दरबन्दी अनुसार कर्मचारी आउन नमानेपछि पछिल्लो समय यसलाई घटाइएको छ ।

तपाईको प्रतिक्रिया