Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

झापा – सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आज झापाको काँकडभिट्टामा भएको खेलमा व्याडमिन्टन टिम इभेन्टसतर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र शसस्त्र प्रहरीको एपिएफ क्लब फाइनलमा प्रवेश गरेका छन् ।

पुरुष टिम इभेन्टसतर्फ सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिमाञ्चललाई २–० ले हराउँदै फाइनल प्रवेश गरेको हो । यस्तै शसस्त्र प्रहरीले नेपाल प्रहरीलाई ३–२ अकंले हराउँदै फाइनल यात्रा तय गरेको हो । यस्तै महिला टिम इभेन्टसतर्फ त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिमाञ्चललाई २–० ले हराउँदै फाइनल प्रवेश गरेको छ ।

यसैगरी शसस्त्र प्रहरीको एपिएफ क्लबले आयोजक पूर्वाञ्चललाई २–० ले हराउँदै फाइनल पुगेको छ ।

तपाईको प्रतिक्रिया