Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – सरकारले राजधानीमा मेट्रो रेल सञ्चालनको तयारी स्वरुप चालू अवधिमै काम सुरु गर्ने बताएको छ । मुलुकभर सञ्चालन गर्न लागिएको रेल सञ्जालको काम द्रुत गतिमा अघि बढाउने विषयमा समेत सरकारले विशेष चासो देखाएको छ । 

नेपालमा रेल सपना भएको र काम भन्दा कुरा बढी भएको भन्दै सरकारको संसदीय समिति, मन्त्री एवं सांसदले रेल सञ्चालनको काम छिटो अघि बढाउनुपर्नेमा जोड दिएका छन् । संसदको विकास समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले काठमाडौंमा मेट्रो रेल अत्यावश्यक भइसकेको बताए ।

सरकार काठमाडौंमा मेट्रो रेल सञ्चालन गर्न प्रतिवद्ध छ उनले भने काठमाण्डौंमा मेट्रो रेल चलाउनैपर्छ । पूर्व पश्चिम रेलका लागि पनि आवश्यक तयारी भईसकेको उनको भनाई छ । विस्तृत अध्ययन परियोजना (डीपीआर) सक्नासाथ ती ठाउँमा काम थाल्ने उनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया