Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं – चीनका एक उच्च नेता पुस ३ गते नेपाल भ्रमणमा आउने भएका छन् । चिनियाँ कम्युनिष्ट पार्टीका प्रचार विभाग प्रमुख लिउ छिपाओ नेपाल भ्रमणमा आउन लागेका हुन् ।

उनी उच्चस्तरीय चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गरी चार्टर्ड फ्लाइटबाट काठमाडौं आउने कार्यक्रम रहेको छ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा सरकार गठन भएयता उत्तरी छिमेकी चीनबाट नेपाल आउन लागेका लिउ उच्च अधिकारी हुन् । तीनदिने भ्रमणमा नेता लिउले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै चीनको स्वशासित क्षेत्र तिब्बतका पिपुल्स काँग्रेसका अध्यक्ष बाइमा छिली पुस ५ गते काठमाडौं आउँदैछन् । उनको भ्रमणको तयारीका लागि एक तिब्बती टोली आइतबार काठमाडौं आएको छ ।

तपाईको प्रतिक्रिया