Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं – नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन भन्दा सरकारलाई निर्वाचनको तयारीमा लाग्न आग्रह गरेका छन् । 

अनेरास्ववियूले आइतबार गरेको विचार गोष्ठीमा सम्बोधन गर्दै अध्यक्ष ओलीले त्यस्तो आग्रह गरेका हुन् । निर्वाचनमा जान संविधानको कुन धाराले दिएन, त्यो धाराको संशोधनको प्रस्ताव सरकारले ल्याओस् एमाले त्यसमा सहयोग गर्न तयार छ’ भन्दै अध्यक्ष ओलीले देश र जनतालाई नै घात हुनेखालको संशोधनमा एमाले सहयोग गर्दैन भने ।

राष्ट्रिय एकता, अखण्डता, लोकतन्त्र र देशको समृद्धिका लागि एमाले सदैव लाग्ने र त्यसमा षडयन्त्र भए एमालेले परास्त गर्ने बताउँदै पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका ओलीले भने, ‘अहिलेसम्म पूर्खाले यो देशलाई जोगाएर यहाँसम्म ल्याए, अब हाम्रो पालामा तलमाथि हुन हामी दिंदैनौं ।’

देशलाई विखण्डनतिर लग्ने प्रयास भइरहेको उनले आशंका व्यक्त गरे ।

तपाईको प्रतिक्रिया