Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं – संविधान संशोधन, निर्वाचन कानुन सहित संविधान कार्यान्वयनका विषयमा प्याकेजमै सहमति गरेर गतिरोध अन्त्य गर्न सरकार तयार देखिएको छ ।

सरकारले सब राजनीतिक दलबीचको सहमति र सहभागितामा निर्वाचन गराउने उद्देश्यले संसद्मा संविधान संशोधन विधेयक दर्ता गराएको जनाउँदै निर्वाचन कानुनलाई पनि सँगसँगै अगाडि बढाउन तयार रहेको बताएको छ । सरकारले संयुक्त मधेसी मोर्चा लगायत असन्तुष्ट पक्षको माग सम्बोधनका लागि संविधान संशोधन विधेयक दर्ता गरेपछि विपक्षी दलहरूले सडक र सदनमा आन्दोलन गर्दै आएका छन् ।

आन्दोलनको ११ औं दिन बितेपछि सरकारले गतिरोध समाधानका लागि सहमतिमै जोड दिँदै प्याकेज अवधारणा अघि सारेको हो । सरकारले प्रतिपक्षी एमालेले वर्तमान समस्याको निकासका लागि निर्वाचन कानुनलाई सँगै लिएर जान औपचारिक प्रस्ताव गरे सरकार तयार रहेको भन्दै सहयोगी भूमिका खेल्न एमालेलाई आग्रह समेत गरेको हो ।

कानुनमन्त्री अजय शंकर नायकले निर्वाचनका लागि नै संशोधन दर्ता गराएको बताउँदै एमालेबाट निर्वाचन कानुन पनि एकैसाथ अगाडि बढाउने प्रस्ताव आए सरकार तयार रहेको बताए ।

तपाईको प्रतिक्रिया