Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

काठमाडौँ – लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान चलिरहँदा ६२ प्रतिशत लैङ्गिक हिंसाका घटना श्रीमान् वा नजिकका व्यक्तिबाट गरिने तथ्याङ्क सार्वजनिक भएको छ ।

हरेक वर्षझैँ यस वर्ष पनि लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानका क्रममा शुक्रबार राष्ट्रिय महिला आयोगद्वारा राजधानीमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको तथ्याङ्कले उक्त कुरा देखाएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

आयोगद्वारा लैङ्गिक हिंसा–न्यूनीकरण–प्रयास र सम्भावना शीर्षकमा आयोजित अन्तक्र्रिया कार्यक्रममा लैङ्गिकतामा आधारित हिंसाको सूचना व्यवस्थापन प्रणाली (जीबीभीआईएमएस) मा सन् २०१५ र २०१६ को जुनसम्म सङ्कलित तथ्याङ्कले समाजमा महिलाले आफ्नो रक्षक वा आफ्नो सबैभन्दा नजिक मानिएको सम्बन्धभित्रबाट हिंसा भइरहेको देखाएको हो ।

लैङ्गिकतामा आधारित हिंसाको केन्द्रीकृत तथ्याङ्कको आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले सन् २०११ मा राष्ट्रिय महिला आयोगको प्रमुख नेतृत्वमा ‘लैङ्गिकतामा आधारित हिंसाको सूचना व्यवस्थापन प्रणाली’को सुरुवात गरिएको थियो ।

त्यसमा महिला हिंसाविरुद्ध काम गरिरहेका विभिन्न दश संस्थाले लैङ्गिकतामा आधारित हिंसाका पीडितहरूको उजुरीका आधारमा तथ्याङ्क सङ्कलन एवम् भण्डारण गर्न जीबीभीआईएमएस प्रणाली अपनाएकोले ती संस्थाको समन्वयमा तयार पारिएको लैङ्गिक हिंसाका दुई हजार ३७५ उजुरीमध्ये ७८ प्रतिशत पीडितहरू विवाहित वा लिभिङ्ग टुगेदर जस्ता सम्बन्धमा रहेकाहरू पाइएको छ, ती घटना ४८ प्रतिशत साँझ वा रातको समयमा भएको पनि तथ्याङ्कले देखाएको छ ।

तपाईको प्रतिक्रिया