Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं – विभिन्न आन्दोलन तथा दलीय भागबन्डाको दबाबका कारण त्रिभुवन विश्वविद्यालय निर्णयविहीन हुँदै गएको छ ।

पछिल्लो समय डा. गोविन्द केसीको आमरण अनशन तथा प्राध्यापकहरूका संघ–संगठनले भागबन्डाका लागि दबाब दिइरहेका कारण त्रिविले महत्वपूर्ण निर्णय गर्न सकेको छैन् ।

त्रिविले विभिन्न संकाय तथा अध्ययन संस्थानमा पूर्णकालीन डिन नियुक्त गर्न सकेको छैन । केन्द्रीय विभाग तथा केही आंगिक क्याम्पसमा समेत उस्तै अवस्था छ ।

राजनीतिक दलनिकट वैचारिक संगठनहरूले भागबन्डामा नियुक्ति पाएका त्रिवि पदाधिकारीलाई आफ्ना संगठनको प्रभुत्व बढाउन दबाब दिइरहेको कर्मचारीको गुनासो छ ।

डा. केसी अनशन बस्ने डरले त्रिविले मेडिकल शिक्षासम्बन्धी कुनै पनि निर्णय गर्न नसकेको त्रिविका अधिकारीहरू बताउँछन् ।
अहिले झन्डै आधा दर्जन डिन कार्यालय तीनमहिने र निमित्त डिनहरूले चलाएका छन् ।

त्रिविको वन विज्ञान अध्ययन संस्थानमा प्रा.डा. कृष्णराज तिवारीले गत २ असोजदेखि तीन महिनाका लागि नियुक्ति पाउनुभएको छ । हाल मानविकी तथा सामाजिक शास्त्र संकायमा तीनमहिने डिनले काम गरिरहनुभएको छ ।

अघिल्लो चारवर्षे कार्यकाल सकेका प्रा.डा. चिन्तामणि पोखरेललाई तीन महिनाका लागि भन्दै गत २ असोजमा नियुक्ति दिइएको थियो ।

व्यवस्थापन संकायमा नवराज अधिकारी, शिक्षाशास्त्र संकायमा नेत्रप्रसाद धिताललाई आर्थिक अधिकारसहित निमित्त डिनको जिम्मेवारी दिइएको छ ।

त्यसैगरी, विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा प्रा.डा. रामप्रसाद खतिवडाले तीनमहिने कार्यकाल सकेर निमित्त डिनको रूपमा काम गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया