Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं – सरकारले संसद सचिवालयमा दर्ता गराएको संविधान संशोधनका विषयमा छलफल गर्न सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो बिहिबार फेरि भारतीय दूतावास गएका छन् । rajendra-mahato-2

त्यहाँ उनले राजदूत रञ्जित रे सँग वार्ता गरेको स्रोतले बताएको छ । राजदूत रे लाई भेट्न महतो करिब ११ बजे लैनचौर पुगेका थिए । त्यहाँ उनी करिब साढे १२ बजेसम्म बसेका थिए । बानेश्वरस्थित पार्टी कार्यालयमा बोलाइएको पार्टी बैठक अघि उनी लैनचौर गएका हुन् ।

दूतावासबाट निस्किएपछि महतो सोझै पार्टी कार्यालय गएका थिए । सरकारले संसदमा दर्ता गराएको संशोधन विधेयकमाथि छलफल गर्न महतो दूतावास गएको पार्टी स्रोतले बताएको छ ।

तपाईको प्रतिक्रिया