Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालको स्वागतका लागि र्‍यालीमा सहभागी छात्राको ज्यान गएको छ । 1481244880surkhet

वीरेन्द्रनगरमा सुरू भएको कर्णाली एक्स्पो तथा अन्तर्राष्ट्रिय व्यापार मेला उद्घाटनका क्रममा निकालिएको र्‍यालीमा सहभागी १३ वर्षीया छात्रा समीक्षा आचार्यको बिहीबार ज्यान गएको हो । वीरेन्द्रनगरको होराइजन माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत आचार्य र्‍यालीमै बेहोस भएकी थिइन् ।

वीरेन्द्रचोक पुगेपछि बेहोस भएकी उनलाई तत्कालै वीरेन्द्रनगरस्थित नर्सिङ होममा भर्ना गरिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि उनलाई कोहलपुर शिक्षण अस्पतालमा लगिएको थियो । त्यहाँ डाक्टरले समीक्षालाई मृत घोषित गरेका थिए ।

प्रधानमन्त्रीको स्वागत गर्न भन्दै बिहान १० बजे विद्यालयबाट सीधै उनी र्‍यालीमा सहभागी भएकी थिइन् ।

तपाईको प्रतिक्रिया