Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं – काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयक विरुद्व प्रमुख प्रतिपक्षी एमालेले गरेको आन्दोलन सरकार परिवर्तनप्रति लक्षित रहेको हुन सक्ने बताएका छन् ।

जापानको दसदिने भ्रमण सकेर बुधबार स्वदेश फर्केका पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कक्षमा सरकारले अघि बढाएको संशोधन प्रस्ताव तत्तकालीन काँग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष केपी ओलीले हस्ताक्षर गरेको साझा दस्तावेज नै रहेको बताए । ‘त्यसलाइ लिएर राष्ट्रघात भन्नु राष्ट्रिता शब्दकै दुरुपयोग हो,’ उनले भने, ‘एमालेको विरोध ठीक होइन । विगतमा नभएका कुरा आएको छैन ।

पार्टी र सरोकारवाला समुदायबीच व्यापक छलफल गरी समझदारीमै अघि बढ्नुपर्छ ।’ संविधान संशोधन प्रस्ताव तुहाइदिंदा आन्दोलनबाट स्थापित लोकतान्त्रिक गणतन्त्र, संघीयता, समावेशीताजस्ता उपलब्धि नै धरापमा पर्ने पौडेलले बताए ।

तपाईको प्रतिक्रिया