Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

काठमाडौं – नेपाली काँग्रेसका नेता सभापति शेरबहादुर देउवा पदाधिकारीभन्दा पहिले विभाग गठन गर्ने तयारीमा लागेका छन् । काँग्रेसको विधान अनुसार सभापति देउवाले ४२ वटा केन्द्रीय विभाग गठन गर्न बांकी छ ।

सभापतिमा निर्वाचित भएको दुई महिनाभित्र गठन गरिसक्नुपर्ने केन्द्रीय विभागहरु आठ महिना बितिसक्दा पनि हुन सकेको छैन । देउवाले आठ महिनाअघि पार्टीको १३ औँ महाधिवेशनमा सभापतिको दाबी गर्दै चुनावी प्रतिस्पर्धामा रहँदा विभानअनुसार समयमै विभागहरु गठन गर्ने र पार्टीैका विभागहरुलाई तत्काल क्रियाशिल गराई पार्टी निर्माणको अभिन्न अंगका रुपमा संस्थागत गरिने प्रतिबद्धता व्यक्त गर्दै सम्बन्धित विभागहरुलाई नीतिनिर्माण र संगठन विस्तारको पुर्ण जिम्मेवारी दिइने बताएका थिए ।

आफु सभापति भएलगत्तै गतिशील विभागहरु गठन गर्ने प्रतिबद्धता सभापति देउवाले अझैँ पुरा गरेका छैनन् ।

तपाईको प्रतिक्रिया