Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

काठमाडौं – प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बुटवल लगायत क्षेत्रमा चलिरहेको सीमांकन हेरफेरविरोधी प्रदर्शनलाई गणतन्त्र र संघीयता मास्ने षड्यन्त्रको अंग भएको आरोप लगाएका छन् । prachanda

पेरिसडाँडामा एक साता चलेको पार्टीको पोलिटब्युरो बैठक मंगलबार समापन गर्दै दाहालले प्रमुख प्रतिपक्षी एमालेको सक्रियतामा चलेको उक्त प्रदर्शनमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी समानुपातिक प्रतिनिधित्वजस्ता पछिल्ला परिवर्तन मन नपराउनेहरू हावी भएको भन्दै जनताबीच गएर भन्डाफोर गर्न नेता–कार्यकर्तालाई निर्देशन दिए । ‘उनीहरू (एमाले) खुसी–खुसी आफूलाई मन परेर संघीयतामा, गणतन्त्रमा आएका होइनन्, बाध्यताले आएका हुन्, त्यसैले संविधानमा घोषणा भएको तर हालसम्म कार्यान्वयनमा नआएको प्रादेशिक सीमांकन मिलाउने प्रस्तावलाई ‘राष्ट्रघाती’ प्रचार गर्दै संघीयता नै काम लाग्दैन भन्ने जस्ता प्रचार गर्न व्यस्त छन,’ दाहालले बैठकलाई सम्बोधन गर्दै भने, ‘यो परिवर्तनको मुख्य नेता माओवादी हो, तपाईंहरू परिवर्तनको रक्षा गर्न गाउँसम्म अभियान लिएर जानुहोस् ।’

दाहालले संविधान जारी गर्ने बेला गत वर्ष नै संशोधनका लागि लचकता अपनाउने, आन्दोलनका माग सम्बोधन गर्ने सहमति ठूला दलहरूबीच भएको बताउँदै आफ्नो समर्थनमा सत्तारोहण गरेका तत्कालीन प्रधानमन्त्री केपी ओलीले नै भारतमा दूत पठाउने गरेको, अहिले संशोधनका लागि देशभित्रै कोसिस गर्दा भने राष्ट्रवादी देखिने गरेको भन्दै पार्टीले पर्याप्त खण्डन गर्न नसकेको गुनासोसमेत पार्टीपंक्ति भित्र गरेका थिए ।

‘तपाईं हामीलाई राम्ररी थाहा छ, इतिहासमा देशका लागि कसले काम गर्‍यो, को देश र जनताको हितविरुद्ध गयो, तर अहिले आफ्नै जनताबीच ध्रुवीकरण गराउने, त्यसलाई राष्ट्रवादको नाम दिँदा किन पर्याप्त खण्डन हुन सकेन ?’ दाहाललाई उद्धृत गर्दै माओवादी केन्द्रका एक नेताले भने, ‘सरकारले रचनात्मक ढंगले राजनीतिक समस्या समाधान गर्न कोसिस गरिरहेको छ । यो प्रयासबारे जनतामा कुरा लैजानुपर्‍यो ।’

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया