आइतबार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

काठमाडौं – माओवादी केन्द्रका संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले सरकारले सदनमा दर्ता गराएको संबिधान संशोधन विधेयकलाई  फिर्ता लिएर निर्वाचनमा जानको लागि आग्रह गर्नुभएको छ ।

 

आइतबार रिपार्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै नेता रायमाझीले संबिधान संशोधनको प्रस्तावले देशलाई विखण्डनमा लैजाने, दन्द्ध बढाउने, गतिहिनता तिर लैजाने र दलहरूको बिचमा अन्तर विरोध बढाउने र संसदबाट पारित हुने कुनै पनि सम्भावना नरहेकाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन प्रस्तावलाई तत्काल फिर्ता लिएर देशमा निम्तिन लागेको मुडभेटलाई रोक्नुको विकल्प नरहेको बताउनुभयो ।

नेता रायमाझीले भन्नुभयो ‘राष्ट्रिय सहमति नगरी सरकारले जुन किसिमले संविधान संशोधन प्रस्ताव ल्यायो यो प्रक्रिया गलत थियोे, मैले प्रधानमन्त्रीलाई भनेको थिए, राष्ट्रिय सहमति हुन्छ भने यो प्रस्ताव अघि सारौ नभए यसले हामीलाई असफल घोषित गरीदिन्छ ।’

उहाँले थप्नुभयो ‘अर्को बिडम्बना आन्दोलन जुन ठाउँमा भएको थियो त्यो ठाउँको लागि संशोधन नल्याएर कुनै पनि विवाध नभएको अर्थात प्रदेश नं. ५ लाई संशोधनको मुल मुद्धा बनाएर प्रस्तावलाई जोड्दा यो अस्थिर स्थिति आईलागेको हो, सरकारले प्रस्तावलाई प्रस्तावकै रुपमा मात्रै ल्याएको र मधेशका मुद्धामाथि  न्याए भयो भने केही छैन्, अन्तत जे भए पनि यो प्रस्ताव कुनै पनि हालतमा सफल हुँदैन, जनता देखि हामी जन प्रतिनिधिसम्म यस प्रस्तावको बिपक्षमा छौ ।’

त्यस्तै यो प्रस्ताव पारित गराउने दुई तिहाई नपुग्ने पनि उहाँले दाबी गर्नुभयो ।  उहाँले आफूले यस प्रस्तावको विपक्षमा मतदान गर्ने पनि बताउनुभयो ।

तपाईको प्रतिक्रिया