Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं – जापानी दूतावासले जापानी राजा अकिहितोको ८३ औं जन्मोत्सवको अवसरमा शुक्रबार एक समहारोह आयोजना गर्‍यो ।himani-shah1

ताहाचलस्थित राजदूत निवासमा ओजित कार्यक्रममा पूर्वयुवराज्ञी हिमानी शाह विशिष्ट अतिथिका रुपमा सहभागी थिइन् । उनी सञ्चालक रहेको हिमानी ट्रष्टले भूकम्पपछिको पुनर्निर्माणका लागि सञ्चालन गरेका केही कार्यक्रममा जापाले आर्थिक तथा भौतिक सहयोग गर्दै आएको छ । कार्यक्रममा जापानी राजदूत मासासी ओगावाले नेपालमा गत वर्ष संविधान जारी गरेको उल्ले गर्दै आगामी दिनमा नेपालले शान्ति र राजनीतिक स्थायित्व हासिल गर्ने अपेक्षा रहेको बताए ।

उनले आफू नेपालबाट कुनै पनि बेला फिर्ता डाकि नसक्ने बताए । कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन प्रमुख अतिथि रहेका थिए । त्यस्तै सभामुख ओनसरी घर्ती, मन्त्रीहरु , सरकारी अधिकारी, सभासद् विभिन्न दलका नेताहरुको कार्यक्रममा उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया