मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

काठमाडौं  – आफ्ना माग पूरा नभएको भन्दै त्रिवि शिक्षण अस्पतालका डाक्टर गोविन्द केसीले नवौं अनसन सुरु गर्नुभएको छ । माग पूरा गर्न सरकारलाई दिएको अल्टिमेटम सकिएको भन्दै उहाँले दिउँसो ४ बजे पत्रकार सम्मलेन गरेर नवौं अनसन सुरु गर्नुभएको हो ।

govinda g

मनमोहन अस्पताललाई चिकित्सा शिक्षा अध्ययन संस्थान न्याम्समा गाभ्ने, केसीका माग समेटेर चिकित्सा शिक्षा विधयक संसदमा प्रस्तुत भैसकेपनि आफ्ना माग अझै पूरा नभएको भन्दै ४ बुँदे मागसहित केसीले अनसन सुरु गर्नुभएको हो ।

डाक्टर केसीले यसपटकको अनसनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्ने मागलाई जोड दिनुभएको छ ।

आफूले पेश गरेका सुझाव अनुकुल संशोधन गरि चिकित्सा शिक्षा ऐन संसदको जारी अधिवेशनबाटै पास हुनुपर्ने, लोकमानसिंह कार्कीलाई महाअभियोगको प्रक्रिया तत्कालै अघि बढाउनुपर्ने, माथेमा कार्यदलले तोकेकै शुल्कमा मेडिकल शिक्षाको ग्यारेन्टी हुनुपर्ने, आइओएममा बरिष्ठताका आधारमा नियुक्त गर्नुपर्ने लगायतका माग राख्नुभएको छ ।

स्वास्थ्य क्षेत्रको सुधारको माग गर्दै यसअघि ८ पटकसम्म अनसन बसेका केसीले पछिल्लोपटक गएको असार २६ गतेदेखि १६ दिनसम्म आमरण अनसनका बस्नुभएको थियो ।

तपाईको प्रतिक्रिया