Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

टोकियो – नेपाली जनसम्पर्क समिति जापानले आफ्नो संगठनका नाममा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका भ्रमपूर्ण समाचारप्रती सबैको ध्यानाकर्षण गरेको छ ।Nepali-Janasamparka-Samiti-Japan

समितिले आज एक प्रेस विज्ञप्ति मार्फत आफ्नो छैटौँ अधिवेशनको निर्वाचन कार्यतालिका रद्ध भएको अवगत गराउँदै सङ्घको विधान र भावनाविपरीत समितिसँग अहम र अंहकारपूर्ण मत राखी केही पात्रहरुबाट कृत्रिम रूपमा अवैधानिक सिन्डिकेट खडा गर्दै जनसम्पर्क समिति अधिवेशनको झुठा अफवाह फैलाएर संस्थाको बदमान गर्ने काम गरिएको बताएको छ । विज्ञप्तिमा भनिएको छ,‘अवैधानिक गुटको चलखेलबाट सिङ्गो पार्टीको साख समेत ध्वस्त हुने भएकाले पाँचौ अधिवेशनबाट वैधानिक रूपमा निर्वाचित कार्यसमिती बाहेक कुनै गुट र समूहको प्रभावमा परी समाचार सम्प्रेषण गर्ने, आफ्ना कार्यक्रममा बोलाउने जस्ता सम्पूर्ण कार्यहरू आजैदेखि बन्द गर्न सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछौँ ।’

सङ्घले छैटौँ अधिवेशन सम्पन्न भईं नयाँ कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण नभएसम्म यसै समितिले विधि, विधान, नीति, नियम र भावना वैधानिक रूपमा हुने जनाउँदै नेपाली जन सम्पर्क समितिको नाममा स्थान दिई आफ्नो संस्थालाई विवादमा नपार्न पनि जापानस्तिथ सम्पूर्ण संस्था र सञ्चारमाध्यमलाई आह्वान समेत गरेको छ ।

प्रेस विज्ञप्ति : 14429273_10154525400926613_202413382_n

तपाईको प्रतिक्रिया