Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौँ – आज अन्तर्राष्ट्रिय शान्ति दिवस । ‘दिगो शान्तिः राष्ट्र विकासको आधार’ भन्ने नाराका साथ यो दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसंघको आहृवानमा हरेक वर्ष सेप्टेम्बर २१ तारिखमा यो दिवस मनाउने गरिएको छ ।peace-day_2014

राष्ट्रसंघको ५५ औँ वार्षिक साधारणसभाले प्रस्ताव पारित गरी संसारका सबै देश र जनतामा शान्तिको कामना सहित आजको दिनलाई अन्तर्रा्ष्ट्रिय शान्ति दिवसको रुपमा मनाउने घोषणा गरेको थियो । नेपालले भने २०६५ सालदेखि यो दिवस मनाउन थालेको हो । १० वर्षे सशस्त्र द्वन्द्वको अन्त्य र शान्ति प्रक्रियाको संस्थागत सुरुवात भएको खुसियालीमा नेपालमा शान्ति दिवस मनाउन थालिएको हो ।

यसै सन्दर्भमा शान्ति तथा पुनःनिर्माण मन्त्रालयले दिवसका अवसरमा आज प्रभातफेरीको आयोजना गर्यो । रत्नर्पाक स्थित शान्तिबाटिकाबाट सुरु भएको प्रभातफेरी बागबजार, पुतलीसडक, रामशाह पथ भएर प्रदर्शनीमार्गमा पुगी सम्पन्न भएको थियो ।

शान्ति तथा पुनःनिर्माण मन्त्री सीतादेवी यादवले प्रभातफेरीको शुभारम्भ गर्दै मुलुकमा लामो समयसम्म चलेको द्वन्द्व व्यवस्थापनका लागि मन्त्रालय सक्रिय रहेको बताउनुभयो । उहाँले द्वन्द्वपीडितलाई सामाजिक न्याय दिन नसकिए शान्ति प्रक्रिया सफल भएको मान्न नसकिने विचार व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया