Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौँ – भारतका एक मन्त्री सन्दिप कुमारको यौन काण्डले नयाँदिल्ली सरकारका तहल्का मच्चिएको छ । उनको यौन सिडी सार्वजनिक भएपछि मुख्यमन्त्री अरविन्द केजरीवालले बिहीबार महिला एवं बाल विकासमन्त्री सन्दीप कुमारलाई पदबाट हटाएको आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ । sandip-kumar

चुनाव प्रचारको अभियानको क्रममा सन्दीप कुमार आफूलाई एक स्वच्छ छविका नेता भएको दाबी गर्ने गरेका थिए । यहाँसम्म कि उनले एक अन्तर्वार्तामा आफूले हरेक बिहान आदरपूर्वक पत्नीको पाउन छुने गरेको पनि बताएका थिए । गत ८ मार्चमा अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा दिल्ली सेक्रेटियटको कार्यक्रममा उनले आफ्नो सफलताको श्रेय आफ्नी पत्नी ऋतुलाई दिँदै आफूलाई सडकदेखि मन्त्री पदसाँको यात्रामा आफ्नी पत्नी सधैँ प्रेरणाको स्रो त बनेको बताएका थिए ।

त्यही बेला उनले हरेका बिहान उठेर आफ्नी पत्नीको पाउ छुने गरेको बताएका थिए । उनको सो अभिव्यक्ति लगत्तै कार्यक्रमस्थल तालीले गुञ्जायमान भएको थियो । अन्त्यमा खुट्टा ढोगेपछि पत्नीले उनलाई सधैँ सफल रहने आशीर्वाद दिने गरेको समेत रहस्य खोलेका थिए । दिल्लीको दयाल सिंह कलेजमा पहिलोपटक भेट भएका तिनीहरूको ८ वर्षको प्रेमपछि सन् २०११ अप्रिल ५ मा विवाह भएको थियो । सन्दीप कुमार निबै गरिब परिवारका भएकाले सुरुमा ऋतु एक आर्मी अफिसरकी छोरी थिइन् ।

सो अश्लील सीडी सार्वजनिक भएदेखि नै सन्दीप कुमार भूमिगत भइसकेका छन् । यस सम्बन्धमा उनको तर्फबाट केही प्रतिक्रिया आएको छैन । उनको कार्यालयको अनुसार उनी आफ्नो बिरामी आमालाई भेट्न गाउँ गएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया