Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौँ – अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्य समितिको बैठकले विगत लामो समयदेखि आफ्ना रिक्त रहेका अध्यक्ष, उपाध्यक्ष पदमा निर्वाचन गर्ने निर्णय गरेको छ । anfa

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार बसेको बैठकले विश्व फुटबल संघ(फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) ले दिएको निर्देशन मान्दै निर्वाचनमा जाने निर्णय गरेको एन्फाले जनाएको छ । कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठको नेतृत्वमा बसेको उक्त बैठक गरेको निर्णयअनुसार एन्फाको साधारणसभामार्फत आगामी कात्तिक ८ गते विभिन्न पदमा निर्वाचन हुनेछ ।

त्यस्तै रिक्त रहेका पदमा विधानबमोजिम निर्वाचन गराउन निर्वाचन निर्दे्शिकालाई एफसीबाट स्वीकृत लिनका लागि पत्राचार गर्ने निर्णय बैठकले गरेको छ । तत्कालीन अध्यक्ष गणेश थापालाई भ्रष्टाचारको अभियोग लागेपछि एन्फा विगत लामो समयदेखि नेतृत्वविहीन छ ।

यसैबिच अध्यक्षलगायत प्रमुख पदको निर्वाचनपछि आफ्ना सबै समस्या समाधान हुने आशा व्यक्त गरिएको एन्फाद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया