Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई छिमेकीसँगको सम्बन्धलाई सुदृढ र सन्तुलित बनाउने उद्देश्यकाले दुई उपप्रधानमन्त्रीलाई विशेष दूतका रुपमा छिमेकी मुलुकमा पठाउने भएका छन् ।

मन्त्रिपरिषदको बिहिबार बसेको बैठकले प्रधानमन्त्रीका विशेषदूतका रुपमा उपप्रधानमन्त्री बिमलेन्द्र निधिलाई भारत र अर्का उपप्रधानमन्त्री कृष्णबहादुर महरालाई चीनमा पठाउने निर्णय गरेको हो ।

अघिल्लो सरकारका पालामा भारतसँग बिग्रिएको सम्बन्ध सुधार्न र नयाँ सरकार गठन भएपछि चिनियाँमा बढेको आशंका मेटाउन सरकारले उपप्रधानमन्त्री निधि र महरालाई भारत र चीन पठाउने निर्णय गरेको हो । नयाँ सत्ता समीकरणको औचित्यसहितको सन्देश प्रवाह गराउन र दुवै छिमेकी मुलुकमा रहेको अविश्वास र आशंकालाई मेटाउन सरकारले दुई उपप्रधानमन्त्रीलाई छुट्टा छुट्टै मुलुकमा प्रधानमन्त्रीको बिशेषदूतका रुपमा पठाउन लागेको प्रधानमन्त्रीको निजी सचिवलायले जनाएको छ ।

चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणलाई सुनिश्चित गराउन, भारतका राष्ट्रपति प्रणव मुखर्जीलाई नेपाल भ्रमण गर्ने वातावरण बनाउन, नेपालका प्रधानमन्त्रीको भारत भ्रमणको माहोल तयार गर्न र दुवै मुलुकमा रहेको अविश्वास र आशंका मेटाउन मन्त्रिपरिषदले भारत र चीनमा प्रधानमन्त्री दाहालको बिशेष दूतमा आफूहरुलाई पठाउने निर्णय गरेको उपप्रधान तथा गृहमन्त्री निधिले समुद्रपारिलाई जानकारी दिए ।

निधि र महरालाई एक साता भित्रै भारत र चीनमा विशेषदूतका रुपमा पठाउने गृहकार्य शुरु गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र सचिव शंकरदास बैरागीले मन्त्रिपरिषदले गरेको निर्णय बमोजिम दुवै मुलुकको भ्रमणको मिति आपसी परामर्शमा तय हुने बताए ।

प्रधानमन्त्रीमा निर्वाचित भए लगत्तै दाहाललाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ प्रधानमन्त्री लि ले बधाई तथा शुभकामना दिएका थिए । भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री दाहाललाई भारत भ्रमणको निमन्त्रणा पनि दिएका छन् । चिनियाँ राजदूत ऊ चुन्ताईले प्रधानमन्त्रीमा निर्वाचित भए लगत्तै दाहाललाई उनकै निवासमा भेटेर बुकी फूलका साथै शुभकामना दिएका थिए भने भारतीय राजदूत रन्जित रेले भोलिपल्ट निवासमै पुगेर प्रधानमन्त्री दाहालसँग भेटवार्ता गरी बधाई दिएका थिए । दाहाल सरकारले दुई छिमेकी मुलुकसंगको सम्बन्धलाई सुधारी नयाँ उचाईमा पुर्‍याउन उच्च प्राथमिकता दिएको छ ।  ***

तपाईको प्रतिक्रिया