Deneme Bonusu Veren Siteler
बुधबार, पौष १०, २०८१
Wednesday, December 25, 2024

काठमाडौं  – भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले सरकारले कांग्रेस, माओवादी केन्द्र र मधेसी मोर्चाबिच भएको तीन बुँदे सहमतिलाई कार्यान्वयनतर्फ अघि बढाएको बताउनुभएको छ ।

‘मन्त्रिपरिषदको दोस्रो बैठकको निर्णयसँगै तीन बुँदे सहमति कार्यान्वयन गर्ने दिशामा अघि बढेको छ, यो ऐतिहासिक कदमले सकरात्मक प्रभाव परेको छ’ शनिबार रिपोर्टर्स क्लब नेपालमा भएको साक्षात्कारमा मन्त्री लेखकले भन्नुभयो ।

ramesh

लेखकले मन्त्रीपरिषदको निर्णयसँगै मधेसी मोर्चा संविधानको विषयमा छलफल गर्न तयार भएको दाबी गर्नुभयो । संविधान कार्यान्वयनको लागि राजनीतिक दलहरुबिच सहमति, सहकार्य र एकता अनिवार्य रहेको उहाँको विश्वास थियो ।

मन्त्री लेखकले संविधानको कार्यान्वयनको लागि पनि स्थानीय निकायको निर्वाचन आवश्यक रहेको स्पष्ट बताउनुभयो । ‘स्थानीय तह र निकायको निर्वाचन गर्नुपर्छ, यसको लागि सरकार आवश्यक कानुन निर्माणको लागि अघि बढ्छ, अरु निर्वाचन गर्ने तयारीमा लाग्छौं ।’

लेखकले एउटा सरकारको ठाउँमा अर्को सरकार बनाउनका लागि मात्रै नयाँ सरकार गठन नगरिएको दाबी गर्नुभयो । ‘अघिल्लो सरकारले मुलुकका राष्ट्रिय एजेण्डालाई सही ढंगले सञ्चालन नगरेकै कारण अहिले नयाँ सरकार गठन गरिएको हो ।’ मन्त्री लेखकले सरकारले संविधानको सर्वस्वीकार्यता, संविधानको कार्यान्वयन, भूकम्पपीडितलाई राहत, मुलुकको पुर्ननिर्माण, शान्ति, सुव्यवस्था, सुशासन लगायतका राष्ट्रिय एजेण्डालाई सम्बोधन गर्ने समेत बताउनुभयो ।

उहाँले नयाँ सरकारले छिट्टै पूर्णता पाउने भन्दै कांग्रेसबाट समेत मन्त्रीमण्डलमा छिट्टै उपर्युत प्रतिनिधित्व हुने बताउनु भयो । ‘कांग्रेसलगायत अन्य पार्टीहरुबाट समेत चाँडै नाम टुँगो लाग्छ, मन्त्रिमण्डलले छिट्टै पूर्ण आकार लिन्छ ।’

तपाईको प्रतिक्रिया