शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

काठमाडौं – नयाँ प्रधानमन्त्री चयनका लागि व्यवस्थापिका संसदमा आज उम्मेदवारी दर्ताको हुँदै छ । व्यवस्थापिका संसद्मा बुधवार हुने निर्वाचनका लागि उम्मेदवारी दर्ताका लागि समय तोकेको हो ।

संसद्को कुनै सदस्यले आफूलाई नेपालको संविधानको धारा २९८ को उपधारा ३ बमोजिम प्रधानमन्त्रीमा निर्वाचित गरियोस् भनी मङ्गलवार बिहान ११ देखि अपराह्न ४ बजेसम्म उम्मेदवारी दर्ता गर्न पाउने गरी कार्यतालिका तोकिएको छ । प्रधानमन्त्रीका लागि काँग्रेस–माओवादी केन्द्रको गठबन्धनबाट माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उम्मेदवारी दिनुहुनेछ भने विपक्षीमा बस्ने बताएको नेकपा एमालेले भने कसलाई उम्मेदवार उठाउने भन्ने तय गर्न सकेको छैन । samsad

तथापि एमालेले संसदीय दलका उपनेता एवम् पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाउने सम्भावना प्रबल रहेको बताइएको छ । निर्धारित समयभित्र दर्ता भएका उम्मेदवारीको सूचनाको दर्ता क्रमअनुसार संसद् भवनको सूचना पार्टीमा अपराह्न साढे ४ बजे सूची प्रकाशन गर्ने कार्यतालिका रहेको छ । काँग्रेस माओवादी गठबन्धनका उम्मेदवार प्रचण्डलाई काँग्रेससहित राप्रपा, मधेसी मोर्चामा आबद्ध दलहरूको समर्थन रहेकाले प्रधानमन्त्रीमा निर्वाचित हुने लगभग पक्कापक्की छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतीय सरकार गठनका लागि आव्हान गरेकै दिन सोमबार सभामुख ओनसरी घर्तीले प्रधानमन्त्रीको निर्वाचन साउन १९ गते बुधवारका लागि तय गर्नुभएको हो ।

निर्वाचन तालिका अनुसार आज बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । उम्मेद्वारीको प्रस्ताव साउन १९ गते ११ बजे बस्ने संसद् बैठकमा निर्णयार्थ पेस गर्ने कार्यसूची छ । ***

तपाईको प्रतिक्रिया