Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

maobadi

काठमाडौं – नेकपा माओवादी केन्द्रमा मन्त्रीको आकांक्षीहरु बढेपछि पार्टीका तर्फबाट सरकारमा सहभागी हुनेहरुको छनौट गर्न मापदण्ड बनाएको छ ।
माओवादी केन्द्रको बैठकले मन्त्री छनौटका लागि मापदण्ड तय गरेको हो । काम गर्न सक्ने भन्दा पनि पहुँचको आधारमा मन्त्री बन्नेको होड बढी देखिएपछि काम गर्न सक्ने क्षमता भएकाहरुलाई समानुपातिक र समावेशी प्रतिनिधित्व मिलाएर मन्त्री बनाउने गरि मापदण्ड बनाइएको पार्टीको प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो । बैठकले तय गरेका मापदण्ड सार्वजनिक गरिएका छैनन् भने मन्त्री मण्डलमा जाने व्यक्तिहरु पनि टुंगो लागिसकेको छैन ।
नेकपा एमाले नेतृत्वका सरकारमा सहभागी भएकाहरु पनि नयाँ सरकारमा मन्त्री हुन इच्छुक देखिएका छन् । उनीहरुले आफ्नो कार्यकालमा राम्रो काम गरेको भन्दै पार्टीमा दबाब दिइरहेको बताइएको छ । प्रवक्ता भुसालले मापदण्ड तय भइसकेकाले अब मन्त्री छनोट गर्न समस्या नहुने भन्दै फेरि बैठक बसेर मन्त्री बन्नेको नाम टुंगो लगाउने बताउनु भयो ।

तपाईको प्रतिक्रिया