Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

hariraj khewa

धनकुटा – संखुवासभाबाट सुनसरीको धरानतर्फ जाँदै गरेको मुनाल यातायातको बा २ ख ७३६६ नम्बरको यात्रुबाहक बस आज धनकुटाको परेवादिन–५ सिधुवा बजारमा दुर्घटना हुँदा पूर्व अर्थ राज्यमन्त्री हरिराज खेवासहित सात जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक विभूतिराज पाण्डेका अनुसार दुर्घटनामा परी पूर्व अर्थ राज्यमन्त्री खेवाको मृत्यु भएको छ । खेवा डा बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा अर्थ राज्यमन्त्री हुनुहुुन्थ्यो । सो बस दुर्घटनामा परी मृत्यु भएकामध्ये अहिलेसम्म खेवासहित तीन जनाको मात्रै सनाखत हुनसकेको छ । मृत्यु हुनेमा धरानको वेदप्रकाश अग्रवाल र परेवादिन–४ को तारा बस्नेत रहेका छन् । दुर्घटनामा परी दर्जनौँ यात्रु घाइते भएका छन् । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल र धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । उद्धारका लागि सदरमुकाम र सिधुवालगायत क्षेत्रबाट प्रहरी टोली पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया