Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौँ – स्थानीय तह पुनर्संरचना आयोगको काम रोक्न मधेसी मोर्चासहितको संघीय गठबन्धनले माग गरेको छ ।

बिहीबार बसेको गठबन्धनको बैठकले आफूहरु प्रादेशिक सीमांकनसहितका विषयलाई लिएर आफुहरु आन्दोलनमा रहेको भन्दै अहिले नै स्थानीय तहको पुनर्संरचना गर्नु उपयुक्त नहुने बताएको हो । गठबन्धनले हतारमा आयोग गठन गरेर सरकारको नेतृत्व गरेको एमालेले संघीयतालाई विथोल्ने प्रयास गरेको आरोप पनि लगाएको छ । आयोग गठन भएको झन्डै पाँच महिना भइसक्यो र उसले प्रारम्भिक रूपमा ५६५ स्थानीय तहको प्रस्ताव गरेको छ । Madhesi-Morcha

तर, सरकारको नेतृत्व गर्ने तयारी गरिरहेको माओवादीले बुधवार मात्र आयोग पुनर्गठनको प्रस्ताव अघि सारेको छ । यसमा काँग्रेसले पनि असन्तुष्टि जनाएको छ । काँग्रेसले प्रस्तावित ५६५ स्थानीय तहको संख्या पर्याप्त नभएको बताएको छ । बैठकले सरकारमा जाने नजानेबारे अहिले निर्णय गर्न आवश्यक नभएको बताएको छ ।

सहमतीय सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय कायमै रहेको र सरकार गठनको तयारीमा रहेका काँग्रेस र माओवादीले कुनै ठोस प्रस्ताव नल्याएको भन्दै बैठकले सरकारबारे कुनै निर्णय गरेन । बाढी प्रभावितहरुको उद्धार तथा राहतमा सरकारी प्रयास अपर्याप्त भएको पनि मोर्चाको ठहर छ ।

साथै बाढी प्रभावितहरुको राहत तथा उद्धारमा स्थानीय तह परिचालन गर्ने निर्णय समेत गरेको छ ।

तपाईको प्रतिक्रिया