Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व गर्ने अवसरलाई सदुपयोग गर्न पार्टीका लागि अन्तिम अवसर भएको बताउनुभएको छ ।

उँहाले यसपटक अवसरलाई सकारात्मक रूपमा प्रभावकारी तुल्याउनु पर्ने आवश्यकता भएको बताउँदै नत्र अवसरका रूपमा मात्र सीमित हुने बताउनुभएको आजको नेपाल समाचार पत्रमा खबर छ । बुधवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कार्याल्यको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री केपी ओलीले सरकार जोगाउन सबै उपाय अवलम्बन गरेपनि असफल भपछि मार्ग प्रशस्त गरेको बताउनुभएको हो ।

प्रचण्डको भनाई उद्धृत गर्दै एक नेताले भन्नुभयो,‘ओलीजीले सकेको जति सबै गर्नुभयो केही सीप नलागेपछि मार्ग प्रशस्त गर्नु भएको हो ।’ प्रचण्डले संविधान कार्यान्वयन, पुनर्निर्माण र विभिन्न तहको निर्वाचन सम्पन्न गर्न तराई मधेसको माग सम्बोधन लगायतका लागि सत्ता पक्ष र प्रतिपक्ष मिलेर जानुको विकल्प नभएको बताउनुभएको थियो ।

तपाईको प्रतिक्रिया