Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

पर्वत – आर्थिक वर्ष २०७२/७३ मा नागरिकताको प्रमाणपत्रभन्दा राहदानी लिनेको सङ्ख्या ४२ प्रतिशतले बढेको छ ।

आव २०७२/७३ मा ४ हजार ५ सय ९४ जनाले नागरिकताको प्रमाणपत्र लिएका थिए भने ६ हजार ५ सय २० जनाले राहदानीको प्रमाणपत्रका लागि फारम बुझाएका थिए ।

फाराम बुझाएका मध्ये ५ हजार ५ सय ९९ जनाले राहदानी लिइसकेका छन् । दोब्बर शुल्क तिरेर १ हजार ९ सय १६ जनाले तथा ३ हजार ८ सय ५१ जनाले जिल्लाबाटै राहदानी लिएका सहायक प्रजिअ प्रवीण ढकालले जानकारी दिनुभयो।

गत आव २०७१/७२ मा ८ हजार ७ सय ४६ जनाले राहदानी लिएका थिए । राहदानी वितरणबाट २ करोड ३९ लाख ३२ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । तथ्याङ्कअनुसार जिल्लाबाट भारतबाहेक विश्वका अन्य मुलुकमा जानेको सङ्ख्या २३ हजार नाघेको छ । जिल्लामा अहिलेसम्म १ लाख ५१ हजार १ सय ३० जनाले नागरिकता लिएको तथ्याङ्क छ ।

तपाईको प्रतिक्रिया