Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौँ – नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अन्तरिम संविधानमा रहेको व्यवस्था नै नयाँ संविधानको संक्रमणकालीन व्यवस्थामा राखेको भन्दै केपी ओली जुन धारालाई टेकेर प्रधानमन्त्री बन्नुभएको त्यही धारालाई केटेर नयाँ सरकार बन्ने बताउनुभयो । Krishna-Prasad-Sitaula

विश्वासको प्रस्तावमाथिको छलफलमा भाग लिँदै तत्कालीन संविधान मस्यौदा समितिका सभापति समेत रहनुभएका सिटौलाले नयाँ सरकार गठनबारे संवैधानिक व्यवधान नभएको दाबी गर्नुभयो । सिटौलाले सरकार संविधान कार्यान्वयन र भूकम्पपछिको पुनर्निर्माणमा असफल भएको आरोप लगाए । माओवादीले समर्थन फिर्ता लिएपछि वा बजेट आश्रति विधेयक फेल भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा लिएको भए राम्रो हुने उहाँको भनाइ थियो ।

सिटौलाले अविश्वासको प्रस्ताव आउनु सामान्य कुरा भएकाले सरकार र मन्त्रीपरिषद् अल्पमतमा परेपछि राजीनामा दिनु अन्तर्राष्ट्रिय मान्यता र परम्परा अनुसार प्रधानमन्त्रीको राजीनामा आएको भए प्रधानमन्त्री र उहाँको दल तथा सिङ्गो संसदका लागि राम्रो हुने बताउनुभयो ।

तपाईको प्रतिक्रिया