काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको ३८ औं स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाईंदै छ ।
पुष्पलालले २००६ साल वैशाख १० गते नेपाल कम्युनिस्ट पार्टीको स्थापना गर्नुभएको थियो । १९८१ साल असार १५ गते रामेछापको भँगेरीमा जन्मिएका पुष्पलाल आफ्नो जीवनभर संगठन विस्तारमा लाग्नुभयो ।
राणा विरोधी आन्दोलनका अगुवा सहिद गंगालाल श्रेष्ठका माइला भाइ स्वर्गीय पुष्पलालले विश्व कम्युनिस्ट घोषणापत्रलाई २००५ सालमा नेपालीमा अनुवाद गरी कम्युनिस्ट सिद्धान्तलाई नेपाली मार्कसवादी विश्लेषकको पहिचान दिनुभएको छ ।
पुष्पलालको २०३५ साल साउन ७ गते आजैका दिन निधन भएको थियो ।