Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौँ – अनशनरत डा. गोविन्द केसीका समर्थकहरुको आयोजनामा नयाँ वानेश्वर क्षेत्रमा धर्ना दिएका छन् । साढे दस बजेदेखि धर्ना आयोजना गरिएको धर्ना अहिले पनि जारी छ । 13700157_1232048923513873_5473172576639695961_n

संविधानसभा भवनलाई निषेधित क्षेत्र घोषणा गरिएकाले एभरेष्ट होटलको सामुन्ने लामबद्ध भएर प्रदर्शन गरिरहेको प्रदर्शनकारीहरुले बताए । धर्ना सुरुभएकै स्थानमा भने प्रहरीको बाक्लो पहराले उनीहरूलाई संविधानसभा भवनतर्फ बढ्नबाट रोकिरहेको छ ।

धर्नामा चिकित्सक, विद्यार्थी, परिचित लेखकलगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता छ । धर्नामा सहभागीहरुले धर्नास्थलबाटै सभामुखलाई ‘आइ एम विथ डा. केसी’ लेख्दै मोबाइलबाट एसएमएससमेत पठाएका थिए । 13700232_1232048020180630_3432217469511287180_n

केसीका मागका विषयमा सासदहरु अहिलेसम्म मौन बसेकाले आफुहरु पनि मुखमा कालो पट्टी बाँधेर मौन प्रदर्शनमा उत्रिएको धर्नामा सहभागी विद्यार्थी नेता शैलेन्द्र शर्मा गौडेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया