Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौँ – आज श्रावण ६, विश्वेश्वरप्रसाद कोइरालाको स्मृति दिवस ।

नेपाली प्रजातान्त्रिक आन्दोलन र नेपाली साहित्यमा विशिष्ट योगदान पुर्‍याउनु भएका नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालाको ३४ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी देशभर मनाइँदैछ । वि.सं. १९७१ भदौ २४ गते जन्मिएका बीपीको घाँटीको क्यान्सरका कारण २०३९ साल साउन ६ गते निधन भएको थियो । कोइरालाले उत्पीडन, कठोर यातना र अत्यन्त कठिन अवस्थामा पनि राष्ट्रियता र प्रजातन्त्रप्रतिको आधारभूत निष्ठालाई नत्याग्ने बीपीले जीवनभर देश र जनताकै लागि संघर्ष गर्नुभयो । bp

वि.सं. २००७ सालको क्रान्तिका योद्धा बीपीले तत्कालीन राजा महेन्द्रसँगको लडाइँमा गरिने आन्दोलनमा शान्तिपूर्ण क्रान्तिको बाटो रोज्नुभएको थियो । २००३ सालमा नेपाली राष्ट्रिय काँग्रेस स्थापना गर्नुभएका उहाँ भारतीय स्वतन्त्रता आन्दोलनमा समेत संलग्न हुनुभयो । बी.पी. कोइरालाले मुलुकमा प्रजातन्त्रको स्थापना र राष्ट्रिय हित प्रबद्र्धनका लागि कयौँ पटक जोखिम मोल्नुभयो ।

कोइराला २०१५ सालमा भएको पहिलो आम चुनावपछि जननिर्वाचित पहिलो प्रधानमन्त्री बन्नुभएको हो । आफ्नो आस्था, आदर्श, सिद्धान्तबाट कहिल्यै पछि नहट्ने एक महान् राष्ट्रवादी चिन्तक स्वर्गीय कोइराला नेपाली राजनीतिमा मात्र नभई साहित्यका फाँटमा पनि त्यतिकै चर्चित हुनुहुन्छ ।

कोइरालाका आत्मकथा, जेल जीवन, दोषी चस्मा, यहुदी र हिटलर, सुम्निमा, मोदीआइन, स्वेत भैरवी, तीन घुम्ती, नरेन्द्र दाइ लगायतका थुप्रै बहुचर्चित कृति प्रकाशित छन् ।

तपाईको प्रतिक्रिया