Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौँ – प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावली विपरीत काम कारबाही गरेको आरोपमा वरिष्ठ उपरीक्षक (एसएसपी) सहित एकहजार चार सय १९ जनालाई विभागीय कारबाही गरेको छ ।police

जसमध्ये आठजना प्रहरी उपरीक्षक, नौजना नायव उपरीक्षक र १८ जना प्रहरी निरीक्षक विभागीय कारबाहीमा परेका हुन् । एक जना प्रहरी उपरीक्षकको पदोन्नति रोक्का र चार जनाले नसिहत पाएका छन् । यस आर्थिक वर्षमा दुईजना प्रहरी निरीक्षकसहित ३० जनालाई सेवाबाटै बर्खास्त गरेको आजको नागरिक दैनिकमा खबर छ । यस्तै तीनजना नायव निरीक्षकसहित दुई सय १४ जनालाई सेवाबाट हटाइएको कार्यालयले जनाएको हो ।

दुईजना निरीक्षकसहित एक सय तीनजना निलम्बनमा परेका छन् । प्रधान कार्यालयका अनुसार अघिल्लो वर्ष विभागीय कारबाहीमा पर्नेको सङ्ख्या एकहजार सात सय तीन थियो । यस वर्ष करिब तीन सय कम प्रहरी अधिकारी कारबाहीमा परेका हुन् ।

प्रहरी प्रवक्ता नायव महानिरीक्षक माधव जोशीका अनुसार प्रहरीको नयाँ नियमावलीले बृत्ती विकासदेखि अवसरसम्म प्रहरी अधिकारीका सम्पूर्ण गतिविधि मूल्यांकन गर्ने व्यवस्थापछि कारबाहीमा पर्ने प्रहरी संख्यामा कमी आएको हो ।

तपाईको प्रतिक्रिया