Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौँ – प्रहरी संगठनमा जनशक्तिको ७७ प्रतिशत हिस्सा दर्जा प्रशिक्षणको दायराभन्दा बाहिर रहेको खुलेको छ । nepal-police-cap

प्रशिक्षणको नेतृत्व तहले अपारदर्शी ढंगले पहुँचका आधारमा कोटा वितरण गर्दै आएको यो हिस्सा प्राविधिकबाहेक अन्य तालिमबाट वञ्चित भएको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जले गरेको एक अध्ययनले प्रशिक्षण वितरणमा धेरै त्रुटि फेला पारेको हो । प्रतिष्ठानले यो आर्थिक वर्षमा करिब ३७ हजार प्रहरी कर्मचारी विभिन्न विधामा प्रशिक्षण दिने योजना बनाएको छ ।

प्रशिक्षण विकास कार्ययोजना २०७३ अन्तर्गत प्रहरी जवानदेखि डीआईजी तहसम्मकालाई विभिन्न सातवटा विधामा तालिम दिन लागिएको हो । प्रतिष्ठानका अनुसार कुल प्रहरी संख्या ७२ हजार सात सय ९ मध्ये ५५ हजार ९ सय २९ जनाले भर्ना भएलगत्तै लिएको आधारभूत तालिम बाहेक अन्य तालिम लिन पाएका छैनन् ।

यो संख्या प्रहरी हबल्दार र जवानको हो । प्रहरी निरीक्षकलेखि डीआईजीसम्मकाले बढुवामा नम्बर चाहिने भएपछि पहुँचका आधारमा तालिम लिँदै आएका छन् ।

तपाईको प्रतिक्रिया