Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौँ – दस दिनदेखि अनसनरत डा.गोविन्द केसीको स्वास्थ्यमा विभिन्न खालको जटिलता देखिन थालेपछि उहाँको उपचारमा संलग्न चिकित्सकहरु चिन्तित भएका छन् ।

केसीको रक्तचाप निरन्तर कम भइरहेकाले औषधि दिनुपर्ने अवस्था आउनसक्ने र यसका लागि कुनै पनि बेला आइसियुमा सार्नु पर्ने अवस्था आउनसक्ने उहाँको उपचारमा संलग्न प्रा.डा.दिव्या सिंह शाहले बताउनुभयो । केसीले अलिकति पनि हलचल गर्दा मुटुको धडकन बढने गरेको छ भने चिकित्सकहरुले प्रयास गर्दा समेत उनको रक्तचापमा खासै वृद्घि भएको छैन । ‘यसरी नै रक्तचाप कम हुँदै गयो भने मृगौलामा समस्या देखिन सक्छ,’डा.शाहले भन्नुभयो ।

govinda

सोमबार राति केसीको शरीरमा अक्सिजनको मात्रा एक्कासि कम भएको थियो । अक्सिजनको मात्रा सन्तुलित राख्न निरन्तर अक्सिजन दिइराखिएको आजको कान्तिपुर दैनिकमा खबर छ । उहाँको पिसाबमा एसिटोन देखिनुको साथै रगतमा चिनीको मात्रा पनि निकै कम छ । रगतमा म्याग्नेसियम, क्याल्सियम, पोटासियम लगायत इलेक्ट्रोलाइट पनि न्यून छ । अनसनको १० औं दिन मंगलबार उनलाई निरन्तर रिंगटा लाग्ने समस्या समेत देखिएको छ ।

यस्तै बारम्बार छातीको दुखाइसँगै मांसपेशी बाउडिने समस्या समेत बढेको छ । उहाँलाई विभिन्न रोगको संक्रमण हुनसक्ने जोखिम बढिरहेकाले जुनसुकै बेला आकस्मिक चिकित्सकीय प्रवन्धनको आवश्यकता पर्नसक्ने उनको उपचारमा संलग्न चिकित्सक बताउँछन् ।

तपाईको प्रतिक्रिया