Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – नेकपा (एमाले) स्थायी कमिटीको आजको बैठकले व्यवस्थापिका–संसद्मा अविश्वासको प्रस्तावमाथि छलफल हुनुअघि बजेट आश्रित विधेयक कार्यसूचीमा आउनुपर्नेमा जोड दिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकपछि एमाले सचिव योगेश भट्टराईले विपक्षीले हतारमा अविश्वास प्रस्ताव ल्याइसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनाको औचित्य छैन भन्दै सबै संवैधानिक निकायले संविधान बमोजिम प्रस्तुत हुनुपर्ने पार्टीले ठहर गरेको जानकारी दिनुभयो । उहाँले संसद्लाई ध्रुवीकरणमा नलैजान र संसदीय पद्धतिअनुसार पूर्ववत् कार्यसूचीलाई यथावत् राख्न आग्रह गर्नुभयो । यदि अविश्वासको प्रस्तावमा पहिला छलफल हुने भएमा एमालेले संसद्मा अवरोध गर्छ कि भन्ने प्रश्नमा सचिव भट्टराईले बजेट आश्रित कार्यसूचीमा पहिला छलफल हुनुपर्छ, त्यो आउनैपर्छ त्यस्तो नभए के गर्र्ने भन्नेबारे त्यही दिन तयारी गर्छौं भन्नुभयो ।
सरकारले गर्दै आएको राष्ट्रिय हित, संविधानको कार्यान्वयन, पुनःनिर्माण अभियान, निर्वाचनको तयारी, नीति कार्यक्रम र बजेटको निरन्तरताका आधारमा राष्ट्रिय सहमतिमा आउन सबै दललाई पार्टीले आह्वान गरेको छ । यस्तै एमालेका अर्का सचिव प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्रीका लागि पद त्याग्नु ठूलो कुरा नभई संविधानको कार्यान्वयन, अन्तर्राष्ट्रिय सम्बन्धमा भएका उपलब्धिको निरन्तरता र अविश्वास प्रस्ताव पारित भएमा नयाँ सरकार बनाउने संवैधानिक व्यवस्थामा रहेका अस्पष्टता फुकाउन अन्य दलका शीर्ष नेतालाई आग्रह गरिएकाले विवादबारे समझदारीबाटै समाधान खोज्न एमाले तयार रहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया