Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध व्यवस्थापिका–संसद्मा दर्ता भएको अविश्वासको मतलाई अत्याधिक बहुमतले पारित गर्न जोड दिएको छ ।
समसामयिक राजनीतिक विषयमा छलफल गर्न काँग्रेस केन्द्रीय कार्यालय सानेपामा सुरु भएको केन्द्रीय समितिको बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले अविश्वासको प्रस्तावलाई सफल गर्न जोड दिनुभएको हो । बैठकका सुरुमा सभापति शेरबहादुर देउवाले वर्तमान राजनीतिक परिस्थितिका बारेमा जानकारी गराउनुभएको थियो । बैठकमा सदस्यहरुले सो अविश्वास प्रस्तावलाई प्रभावकारी रुपमा सफल पार्ने तथा भावी सरकार गठन प्रक्रिया र भ्रातृ एवम् शुभेच्छुक संस्थाको महाधिवेशनका सम्बन्धमा धारणा राख्नुभएको नेता अर्जुननरसिंह केसीले जानकारी दिनुभयो ।
बैठकमा यसअघि नयाँ सरकार गठनका लागि नेकपा (माओवादी केन्द्र) सँग भएको सहमतिलाई प्रभावकारी ढङ्गले परिचालन गर्ने, संविधान कार्यान्वयन र भूकम्पपछिको पुनःनिर्माणका लागि नेकपा (एमाले) लगायत सबै दलसँग सद्भावपूर्ण तवरले संवादको संयोजन र नेतृत्व गर्नुपर्ने विषयमा केन्द्रित भएर छलफल भएको नेता केसीले बताउनुभयो ।
उहाँले भन्नुभयो –“ बैठममा नयाँ सरकारमा सहभागी हुने विषयमा सैद्धान्तिक छलफल मात्र भएको र त्यसको मापदण्ड केन्द्रीय समितिले तय गरेपछि मन्त्रिमण्डलका सम्भावित सदस्यका बारेमा उच्च नेतृत्वले आपसी सहमतिका आधारमा टुङ्गो लगाउने बारे छलफल भयो । ” बैठकपछि नेत्री सुजाता कोइरालाले आफूले संविधान कार्यान्वयन र मुलुकका जटिल समस्या समाधानका लागि काँग्रेसले एमालेलगायत सबै दलसँग मिलेर अघि बढ्नाको विकल्प नरहेको तथा काँग्रेसका कारणले मुलुकको राजनीति अस्थिर हुन नहुनेमा जोड दिँदै सरकार ढाल्ने बारेमा जनतालाई स्पष्ट जानकारी दिनुपर्ने धारणा राखेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया