Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौँ – आज आषाढ शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा ।guru

मुलुकभर आफूलाई शिक्षा गुरुप्रति श्रद्धा र सम्मान प्रकट गर्दै गुरु पूर्णिमा मनाइदै छ । संस्कृत शब्द गुरुको शाब्दिक अर्थ ‘गु’को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश भन्ने हुन्छ । गुरु शब्दको विग्रह गर्दा ‘गिरति अज्ञानं इतिः गुरु’ अर्थात् अज्ञानलाई हटाएर ज्ञान प्रदान गर्ने व्यक्ति नै गुरु हो । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ ।

वैदिक कालदेखि नै गुरुप्रति श्रद्धाभाव प्रकट गर्दै मनाइने यो दिन गुरुप्रति शिष्यले सम्मान प्रकट गर्ने महत्त्वपूर्ण दिन पनि हो । आजको दिन आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यहरूले विभिन्न मिष्ठान्न भोजनका साथ श्रद्धाभाव प्रकट गर्ने परम्परा रही आएको छ ।

गुरु पूर्णिमाको अवसरमा आज विद्यालय, क्याम्पस लगायतका शिक्षण संस्था विभिन्न कार्यक्रम आयोजना गरी गुरुप्रति सम्मान प्रकट गर्ने प्रचलन रहिआएको छ ।

तपाईको प्रतिक्रिया