Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौँ – विश्वका कतिपय शक्तिशाली राष्ट्रसमेत आतंकवादी आक्रमणको निसानामा परेपछि नेपाल प्रवेश गर्ने मुख्य नाकामा नेपाली सेनाको ‘एन्टी टेरोरिस्ट युनिट’ ले निगरानी थालेको छ ।

नेपाली सेनाले आतंककारीले विमान अपहरण गरिहालेमा कसरी यात्रुलाई सुरक्षित अवतरण गराउन सकिन्छ भन्नेमा समेत विमानस्थल परिसरमा सैन्य अभ्यास गर्न लागेको स्रोतले बतायो । टर्कीको इस्तानबुल विमानस्थल र पछिल्लो पटक बंगलादेशमा आतंकवादी संजाल आइएसको आक्रमणपछि नेपाल प्रवेश गर्ने एकमात्र हवाई मार्ग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र स्थलमार्ग हुँदै भारतबाट नेपाल प्रवेश गर्ने नाकामा सेनाको विशेष सुरक्षा दस्ताले निगरानी थालेको आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

त्यसका लागि सेनाले प्रहरीको विशेष ब्यूरोको सहयोग लिएको छ । नेपालस्थित अमेरिकी दुतावासका अधिकारीले प्रधानमन्त्री केपी ओलीलाई विमानस्थलको सुरक्षाबारे जिज्ञासा राखेपछि ओली स्वयं केही साताअघि सुरक्षा अवस्था बुझ्न विमानस्थल पुगेका थिए ।

तपाईको प्रतिक्रिया