Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौँ – यातायात व्यवस्था विभागले सेवाको गुणस्तरमा सुधार नै नगरी सवारी चालक अनुमतिपत्र (लाइसेन्स) शुल्क लगायतमा भारी वृद्धि गरेको छ । विभागले मोटरसाइलको नयाँ लाइसेन्स र नवीकरण शुल्क १ हजार ५ सय रुपैयाँ तोकेको छ । liecence

यसअघि यसको शुल्क ७ सय रुपैयाँ थियो । त्यस्तै कार, जिप, भ्यान, पिकअप, टेम्पो, पावरटिलरजस्ता साना सवारीचालनकको अनुमतिपत्र शुल्क २ हजार पुगेको छ । १५ देखि २५ सिट क्षमताका मझौला सवारीसाधन चलाउनेले अनुमतिपत्रका लागि २ हजार ५ सय र बस ट्रकलगायत ठुला सवारी साधन चलाउनेले ३ हजार रुपैयाँ तिर्नुपर्नेछ । लाइसेन्स लीनका लागि सेवाग्राहीले बिहान ७ बजे नै लाइनमा लाग्नुपर्ने समयमै कार्यालय नखुल्ने र अधिकांश काम दलालमार्फनै गर्नुपर्ने बाध्यता विभाग मातहतका कार्यालयमा छ ।

सेवा प्रवाहको गुणस्तर सुधार्न चासो नदिएको विभागले सेवाग्राहीबाट लिने शुल्कमा भने भारी वृद्धि गरेको आजको नयाँ पत्रिका दैनिकमा खबर छ । चालू आर्थिक वर्ष ०७३/७४ को बजेटमा अर्थमन्त्री विष्णु पौडेलले गैरकरतर्फको करको दरमा पुनर्मुल्यांकन गर्ने नीति लिने बताउनुभएको थियो ।

सोही नीतिलाई कार्यान्वयन गर्नेक्रममा भौतिक पूर्वाधानर तथा यातायात मन्त्रालयको निर्देशनमा यातायात व्यवस्था विभागले सवारी साधन धनीलाई दिने सबै सेवाको शुल्क बढाएको हो ।

तपाईको प्रतिक्रिया