Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौँ – मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे छलफलबाटै समाधान खोज्न प्रमुख तीन राजनीतिक दल सहमत भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको बैठकमा सत्ता समीकरणका विषयमा देखिएको आपसी तिक्ततालाई छलफल र सहमतिबाटै समाधान खोज्न नेताहरु सहमत भएका हुन् । बैठकमा मुलुकको राजनीतिक अवस्था, बजेटसँग जोडिएका विधेयक र व्यवस्थापिका–संसद्मा दर्ता भएको अविश्वासको प्रस्तावका बारेमा सकारात्मक कुराकानी भएको नेताहरुले प्रतिक्रिया दिनुभएको छ ।

बैठकपछि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक परिस्थिति, बजेटसँग सम्बन्धित विधेयक र अविश्वासको प्रस्तावमा कसरी राजनीतिक दलबीच समझदारी बनाएर जाने भन्नेबारे आफूहरुबीच कुराकानी भएको जानकारी दिनुभयो ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बैठकमा पछिल्लो राजनीतिक परिस्थितिबारे सकारात्मक कुराकानी भएको प्रतिक्रिया दिनुभयो । प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालका अनुसार तीन दलको बैठकमा प्रधानमन्त्री ओलीले आफू सहमतिमै अगाडि बढ्न चाहेको बताउनुभएको थियो ।

प्रधानमन्त्री ओलीले संसद्मा अविश्वासको प्रस्ताव दर्ता भइसकेको र त्यसलाई सभामुखले कार्यसूची अघि बढाइसकेका अवस्थामा कसरी समझदारी हुन्छ भनी दुवै नेतालाई प्रश्न गर्नुभएको थियो । सहमति र समझदारीबाट देशलाई अफ्ठ्यारोबाट जोगाउनुपर्ने प्रधानमन्त्रीको धारणा रहेको रिमालले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न प्रमुख प्रतिपक्षी दल काँग्र्रेसका सभापति देउवा र हालै सत्ता गठबन्धनबाट बाहिरिएको माओवादी केन्द्रका अध्यक्ष दाहाललाई तीन दलबीच छलफलका लागि आग्रह गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया