Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं –आज साउन महिनाको पहिलो सोमवार । हिन्दू नारीहरुले आफ्नो सौभाग्य र राम्रो पतिको कामना गर्दै व्रत बसि देशभरका शिव मन्दिरहरुमा पूजाआजा गर्नेगर्छन् । साउनको सोमवार व्रत बसे मनले चिताएको कुरा पुरा हुन्छ भन्ने जनविश्वास रहेको छ । महिलाहरुको लागि साउन महिनाको जति महत्व अनि धामिर्क विश्वास बोकेको छ त्यो भन्दा अझ बढी साउन महिनाको सोमबार महिलाहरुका अझ बढी महत्व राख्दछ ।

केवल हिन्दु धर्मावलम्बी भएका देशमा मात्र होइन मध्य युरोपका देशहरुमा समेत सोमवारको खास महत्व छ । विवाहितले सुहाग यथावत् रहोस् भनेर, सन्तान भएकाहरूले छोराछोरीको दीर्घायुको कामना गर्दै तथा अविवाहितहरूले असल श्रीमान् पाइयोस् भनेर पनि व्रत बस्ने गर्छन ।आजकै दिन काठमाडौको पशुपतिनाथ लगायत ललितपुरको सन्तानेश्वर भक्तपुरको डोलेश्वर लगायतका शिव मन्दिरहरुमा भक्तजनको ठूलो भीड लाग्ने गरेको छ ।

साउनभरि हरियो, पहेंलो, रातो रंगका पहिरन, चुरा, पोते, नेलपोलिस, मेहन्दी आदि लगाई र्सोह शृंगारमा सजिएर उपासना गर्ने चलन छ । पहाड तथा काठमाडौंका धेरै महिला साउनका सोमबारभरि व्रत बस्छन ।

shiva jee

साउने सोमबार विद्याका लागि पनि राम्रो मानिन्छ । कतिपयले सतीलाई प्रकृतिका रूपमा लिने भएकाले पनि साउनमा हरियो रंगको बढी महत्व छ ।
साउन महिनामा बढी वर्षाका कारण किटाणुको संक्रमण हुने हुँदा लुतो फाल्ने चलन पनि छ । यो समयमा रोग लाग्ने सम्भावना बढी भएकाले मासु, लसुन तथा उत्तेजक परिकार खानुहुँदैन भनिन्छ ।

सनातन धर्मको पौराणिक मान्यता अनुसार साउन महिना महादेव शंकरको महिना मानिन्छ । पौराणिक कथाअनुसार सतीदेवीले आफ्नो बाबु दक्षप्रजापतिको घरमा आफ्नो योगशक्तिले देह त्याग गर्नु पूर्व सतीले भगवान शिवलाई हरजन्ममा पतिका रूपमा पाउने संकल्प गरेको हुनाले देवी सतीले दोस्रो जन्ममा हिमालय पर्वतमा रानी मेनकाको गर्भबाट पार्वतीका रूपमा जन्म लिनुभयो ।

देवी पार्वतीले बाल्य अवस्थादेखि नै यसै साउन महिनामा निराहार रहेर कठोर तपस्या गरेर आसुतोष भगवान शंकरलाई खुसी पारी विवाह गरी पुनरमिलन भएको थियो । यसै कारणले शिव शंकरलाई यो महिना अविस्मरणीय भई प्रिय हुन गयो । जसले यस साउन महिनामा शिवजीको पूजा आराधना तथा अभिषेक गर्दछ र उसले भगवान शंकरबाट मनोवाञ्छित फल प्राप्त गर्दछन् ।

शिवजीको पूजा आराधना गर्न सोमबारको दिन पुराणहरूमा निर्धारण गरिएको छ । तर पौराणिक मान्यतामा शंकरको पूजा आराधनाका लागि सर्वश्रेष्ठ दिन महाशिवरात्रि, त्यसपछि साउन महिनाका सोमबार र अनि मात्र हरेक महिनामा आउने सोमबार मानिन्छ । यसै मान्यता अनुसार श्रद्धालु भक्तजनहरू यस महिना खास गरेर सोमबारको व्रत (उपवास तथा पूजा आराधना एवं रुद्राभिषेक, कवच पाठ, जप आदि गरी शिवजीको उपासना गर्दछन् । मांसाहारी भक्तजनले साउनभर माछा मासु परित्याग गर्दछन् ।

साउन महिनामा नीलकण्ठ भगवानलाई जलाभिषेक तथा रुद्राभिषेकको ठूलो महत्व रहेको पाइन्छ । वेद मन्त्र उच्चारणको साथमा शंकर भगवानलाई जल अर्पित गर्नु साधकको आध्यात्मिक जीवनका लागि महाऔषधिको रूपमा प्रभाव पर्छ । जललाई “नार“ पनि भनिन्छ । जल याने नारमा बास गर्नु हुने भगवान् भएकाले विष्णुलाई नारायण भनिएको हो भन्ने कथन पाइन्छ ।
शिवपुराणमा उल्लेखित भए अनुसार साउन महिनामा नै देव दानवले समुद्र मन्थन गरेका थिए । समुद्र मन्थनबाट जुन कालकुट महाविष निस्केर संसार भष्म हुनलाग्दा सबै त्राहिमाम भएको देखेर तत्काल नै त्यस प्रलयकारी कालकुट विषलाई आशुतोष भगवान् शिव शंकरले ग्रहण गरी आफ्नो कण्ठमा समाहित गरेर समस्त सृष्टिको रक्षा गरेका थिए ।
विषपानबाट शंकर भगवान् नीलवर्ण हुन गई उनको नाम नै नीलकण्ठ रहन गयो । कालकुट विषको प्रभावका कारण कण्ठलाई डाहा भएकाले डाहा शान्त गर्न देवगणहरूले शिवजीलाई जल अर्पण गरे । यसै कारणले शिवलिंगमा जल अभिषेक गर्ने गरिन्छ ।

यही कारणले साउन महिनामा शिवजीलाई जल चढाउँदा मनोवाञ्छित फल प्राप्त हुने जनविश्वास छ । जलले अभिषेक गर्दा वर्षा तथा शान्ति फल, कुशको जलले अभिषेक गर्दा शान्ति, एकहजार मन्त्रोच्चारणसहित घ्यूको धाराले अभिषेक गर्दा वंशवृद्धि, दूधले अभिषेक गर्दा बुद्धि निर्मल, तोरी या तिलको तेलले अभिषेक गर्दा शत्रु नाश हुन्छ र सख्खर अर्पण गर्दा समस्त पाप कर्मको क्षय भई रोगव्याधिबाट रक्षा हुन्छ भन्ने विश्वास गरिन्छ ।

यस्तै शंकर भोलेनाथलाई कमलपत्र, बेलपत्र तथा शंख्यपुष्प चढाई पूजा अर्चना गर्दा धनधान्य, आँकको फूल चढाउँदा मानसम्मान र जवा पुष्प चढाउँदा शत्रु नाश, हरसिंगारको फूल अर्पण गर्दा धन सम्मान एवं भाङ र धतुरोको फूल चढाउँदा ज्वर तथा विष भयबाट मुक्ति मिल्दछ भन्ने विश्वास छ ।
साउने सोमबारको व्रत महिला तथा पुरुषले पनि श्रद्धाभक्तिका साथ बस्न सक्छन् ।

नियमित व्रतालुले साउनको पहिलो सोमबार एउटा प्रायश्चित गोदान गरी व्रत बस्दा उत्तम मानिन्छ । नयाँ व्रतालुले साउनको पहिलो सोमबार आउनु भन्दा तीन दिन अघिदेखि नै शुद्ध र पवित्र रही मद्यमांस खानेले नखाई साउने सोमबारको व्रत बस्दैछु भनेर मनले शिव पार्वती सम्झेर बस्ने र पहिलो सोमवारका दिन प्रायश्चित गोदान गरी आत्मा शुद्विकरण गरी म व्रत उपासना गर्दछु भनी संकल्पसहित पूजा गरी व्रत थाल्छन् ।

तपाईको प्रतिक्रिया