Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

काठमाडौँ – मंगोल नेशनल अर्गनाइजेशनको केन्द्रीय सभाको केन्द्रीय कार्यालयको उद्घाटन गरिएको छ । शनिवार आयोजित एक कार्यक्रमका बीचसंगठनका नवनियुक्त केन्द्रीय कार्यवाहक प्रेसिडेन्ट बुद्धलाल मेचेले काठमाडौँको नयाँ बसपार्कमा रहेको संगठनको केन्द्रीय कार्यालयको उद्घाटन गर्नुभयो ।

यसअघि सोही ठाउँबाट केन्द्रीय सभाको कामहरू भइरहेको भएतापनि औपचारिक रूपमा कार्यालयको उद्घाटन भने भएको थिएन् । कार्यक्रमलाई सम्बोधन गर्दै मेचेले डा. गोपाल गुरुङको निधनले संगठनलाई थुप्रै चुनौती थपिएसँगै संयमित भएर अगाडि बढ्न कार्यकर्ताहरूलाई निर्देशन दिनुभयो । उद्घाटन कार्यक्रमकै अवसरमा संगठनलाई विविध रूपमा सहयोग गर्ने तीन जनालाई सम्मान गरिएको थियो ।

यसरी सम्मानित हुनेहरुमा मलेसियामा रही एमएनओका प्रचार गरिरहेका पाँचथरका जीवी गुरुङ, काठमाडौँका बिरेन गुरुङ र सुवास तामाङ रहेका छन् । सम्मानित व्यक्तित्वहरुलाई कार्यक्रमका प्रमुख अतिथि बुद्धलाल मेचेले खदा ओढाई सम्मान पत्रले सम्मान गर्नुभएको थियो ।

कार्यक्रम सुरु हुन अघि दिवांगत हुनुभएका संगठनका संस्थापक प्रेसिडेन्ट युग पुरुष डा. गोपाल गुरुङको सम्झनामा एक मिनेट मौन धारण समेत गरिएको थियो ।

तपाईको प्रतिक्रिया