Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – सर्लाहीको सुकुम्वासी बस्तीमा सरकारले दमन जारी राखेको भन्दै नेकपा माओवादीले आगामी साउन १० गते नेपाल बन्दको घोषणा गरेको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमबीच पार्टी प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले १० गते नेपाल बन्द गर्ने बताउनुभयो ।

pp

सरकारले सुरक्षा फौज परिचालन गरेर सर्लाहीको सागरनाथ सुकुम्वासी बस्तीमा बर्बर दमनको क्रमलाई जारी राखेको भन्दै विरोधस्वरुप नेपाल बन्दको घोषणा गरेको उहाँले बताउनुभयो । पत्रकार सम्मेलनमा सुकुम्वासीमाथि दमन बन्द गरेर घाइतको निशुल्क उपचार र सुकुम्वासीको भौतिक सम्पत्तिको क्षतिपूर्ति दिन सरकारसँग माग गरका छन् ।

कार्यक्रमअनुसार पहिलो चरणमा साउन १ गते देशव्यापी पत्रकार सम्मेलन तथा भण्डाफोर गर्ने, २ गते बिहान ९–११ बजेसम्म देशव्यापी चक्काजाम, ३ गते देशव्यापी अन्तरक्रिया, ५ गते देशव्यापी जनप्रदर्शन र १० गते नेपाल बन्द तथा बन्दमा मानवअधिकारवादी परिचालन गर्ने कार्यक्रम रहेको छ ।

तपाईको प्रतिक्रिया